भारतमा उत्पादन कम भएसँगै मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्याे

झापा – मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९...

Source : https://ujyaaloonline.com/story/108019/2024/10/21/increased-tea-export-from-mechi-customs-office