महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलमा, अष्ट्रेलिया ८ विकेटले पराजित

काठमाण्डौ – महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको एक सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर दुई बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ ...

Source : https://ujyaaloonline.com/story/107884/2024/10/18/south-africa-in-women--t20-world-cup-final