रास्वपाले भन्यो- अब काठमाडौंकेन्द्रित आन्दोलन गर्छौं

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ। सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको हो।

रास्वपाले पोखरामा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने र त्यसपछि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गर्ने पनि बताएको छ। सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरूले आरोप लगाएका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् ।

उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन्। उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको समेत दाबी गरे।

Source : https://newsofnepal.com/2024/10/24/675009/