लेबनानमा भएको इजरायली हमलामा मेयरसहित १६ जनाको ज्यान गयो

लेबनानको दक्षिणी सहर नाबातियामा नगरपालिकाका भवनहरूमा इजरायलले गरेको हवाई हमलामा त्यहाँका मेयरसहित अन्य १५ जनाको मृत्यु भएको छ ।

मेयर अहमद कहिलको हत्या चिन्ताजनक भएको संयुक्त राष्ट्रसंघले बताएको छ । अन्तर्राष्ट्रिय मानवीय कानुनको कुनै पनि उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य भएको राष्ट्रसंघले बताएको छ ।

आक्रमणमा मारिएका कम्तीमा पाँच जना नगरपालिकाका कर्मचारीहरू थिए । जो उक्त क्षेत्रमा रहेका नागरिकहरूको सहयोग र समन्वय गर्दै थिए ।

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले उक्त आक्रमणको निन्दा गर्दै यसले जानाजानी इजरायलले परिषद् बैठकलाई लक्षित गरेको बताएका छन् ।

यो आक्रमण पछिल्ला दुई हप्ता यता भएको द्वन्द्वमा लेबनानको कुनै सरकारी भवनमाथि भएको सबैभन्दा गम्भीर आक्रमण हो । यसले देशको राज्य संरचनाको सुरक्षाबारे चिन्ता बढाएको देखिएको छ ।

इजरायली सेनाका प्रवक्ताले सेनाले त्यस क्षेत्रमा हिजबुल्लाहका दर्जनौं लक्ष्यहरूलाई लक्षित गरेर हमला गरेको र इरान समर्थित समूहले प्रयोग गरेको एक सुरुङलाई नष्ट गरेको बताएका छन् ।

दक्षिणी उपनगर दाहीयामा भएको यो आक्रमण पछिल्लो पाँच दिनमा लेबनानको राजधानीमा भएको पहिलो आक्रमण हो । यसअघि अमेरिकाले बेरुतको बमबारीमा संयम अपनाउन आग्रह गरेपछि आक्रमण रोकिएको थियो ।

दाहीयामा भएको आक्रमण केही घण्टापछि अमेरिकी राज्य विभागका प्रवक्ताले इजरायलले बेरुतमा गरिरहेको बमबारीको प्रकृति र दायरा प्रति चिन्ता व्यक्त गरेका थिए ।

Source : https://www.khasokhas.com/210839