साफ महिला च्याम्पियनशिपमा नेपालले माल्दिभ्ससँग खेल्दै

काठमाण्डाै – साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह 'बी' को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो । नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजो भुटान र ...

Source : https://ujyaaloonline.com/story/108017/2024/10/21/nepal-and-madlives-in-saff-women-championship