साफ महिला च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

काठमाण्डौ – महिला साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ । हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले विजयी शुरुवात गरेको हो । भारतको जितमा ग्रेस डाइङमेइले दुई तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान एक गोल गरे । यस्तै पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरे । महिला साफ च्याम्पियनशिपमा आज आयोजक नेपाल र भुटान तथा श्रीलङ्का र भाल्दिभ्स खेल्दैछन् । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, ...

Source : https://ujyaaloonline.com/story/107883/2024/10/18/winning-start-india-saff-women-championship