१२ घण्टामा कैलालीमा ३० दशमलव २ मिलिमिटर पानी पर्‍याे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा ३० दशमलव २ मिलिमिटर पानी परेको छ । बर्दिया, गुल्मी, स्याङ्जा, कास्की, लमजुङ, गोरखा, नवलपरासी, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सङ्खुवासभा, इलामलगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि लुम्बिनी प्रदेशलगायत पहाडी भेगका केही ठाउँमा पानी पर्नेछ । केही दिनयता मौसम बदली भएसँगै दे...

Source : https://ujyaaloonline.com/story/108003/2024/10/21/more-than-30-mm-rainfall-in-kailali-in-12-hours