‘जारी’ लाई युट्युबमा हेरियो एक करोडपटक

काठमाडौं– हलमा दर्शकहरुको राम्रो माया पाएको गत वर्षको सुपरहिट फिल्म ‘जारी’ लाई युट्युबमा पनि राम्रो साथ मिलिरहेको छ । दसैंको अवसर पारेर युट्युबमा ल्याइएको फिल्मलाई दुई सातामा १ करोड पटक हेरिएको छ। २ लाख ६३ हजार लाइक, १२ हजार कमेन्ट आएका छन्।

रिलिज भएको दुई हप्तासम्म पनि यो फिल्म ट्रेन्डिङमा रहन सफल छ । दयाहाङ राई र मिरूना मगर रहेको यो फिल्मलाई युट्युबमा दर्शकले यसको मौलिक कथावस्तु, प्रस्तुति र अभिनयको प्रशंसा गरेका छन् ।

उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा लगायतको समेत अभिनय रहेको छ। रामबाबु गुरूङले यो फिल्म निर्माण गरेका हुन् । ‘जारी’ ले नेपालमा १७ करोडमाथिको व्यापार गरेको थियो।

 

Source : https://onlinetvnepal.com/2024/10/185174/