मिथिला क्षेत्रमा जितिया पर्वको तयारी शुरु

काठमाण्डौ – मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी शुरु भएको छ । पितृपक्ष अर्थात् (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने मुख्य व्रत यसपालि पर्सि मङ्गलवार परेको छ । अष्टमी तिथि टेकिएकै दिन गरिने व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमीको एक घडी कटाएर मात्र समापन गरिन्छ । यसपालिको व्रत अवधि झन्डै ४० घण्टाको हुने र त्यसैअनुसार तयारीमा रहेको महोत्तरीको भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउनुहुन्छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह ...

Source : https://ujyaaloonline.com/story/106888/2024/9/22/preparations-jitiya-festival-started-mithila