मुलुकलाई अस्थिरताबाट बचाउन काँग्रेस-एमालेको सरकार : काँग्रेस नेता श्रेष्ठ

स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पटक—पटक सरकार फेरिरहने अस्थिरताबाट बचाउन काँग्रेस—एमाले मिल्नुपरेको बताएका छन् । स्याङ्जाको वालिङमा काँग्रेसका कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा काँग्रेस नेता श्रेष्ठले मुलुकलाई अस्थिर सरकारबाट बचाउन काँग्रेस—एमाले एक ठाउँमा उभिनु परेको बताएका हुन् ।

मुलुकको वर्तमान राजिनीतिक अवस्था र सरकारले गरेका कामको जानकारी दिन आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस नेता श्रेष्ठले देशको स्थिरताका लागि काँग्रेस—एमाले मिलेर सरकार बनाउनु परेको बाध्यतात्मक अवस्थाका ’boutमा जानकारी दिए ।

काँग्रेस र एमालेबाट बनेको सरकार आगामी निर्वाचन सम्म रहने बताउदै काँग्रेस नेता श्रेष्ठले यो सरकार बनेपछि सहकारीहरु ठगी गर्ने कारवाहिको दायरमा आएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूको व्यवहार राम्रो नभएको भन्दै नेता श्रेष्ठले आफ्ना नेताहरू पक्राउ पर्दा आफूहरूले कहिले पनि विरोध नगरेको उल्लेख गरे ।

आरोप लागेपछि अनुसन्धान गर्न पाउनु पर्छ काँग्रेस नेता श्रेष्ठले भने,‘दोषी भए रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही हुन्छ ।’ अनुसन्धानमा दोसी नदेखिए लामिछानेले सफाई पाउछन्, यसका लागि सडक आन्दोलन गरेर अनुसन्धानलाई प्रभावित बनाउन पाइदैन श्रेष्ठले भने ।

रास्वपाले आन्दोलनका नाममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको समेत श्रेठले आरोप लगाएका छन् । रास्वपाले गरेको आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुँदा सरकार मौन बस्न नहुने समेत तर्क पेश गरेका छन् । सडकमा आन्दोलन गरेर सहकारीको रकम अपचलन गर्ने व्याक्तिहरुले छुटकारा पाउछन् भन्ने दिवा सपना नदेख्न रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई श्रेष्ठले चेतावनी दिए । दोहोरो नागरिकता, पास्पोर्ट र सहकारीको रकम अपचलनमा रास्वपाका सभापति लामिछानेमाथि आरोप लागे पनि छानविनमा सघाउनुपर्नेमा झनै सडक आन्दोलन गरेर भष्ट्रचारलाई जोगाउने प्रयत्न गरेको श्रेष्ठको आरोप छ ।

नेपाली काँग्रेस अब एक्लै चुनाव लड्ने घोषणा गरिसकेकोले आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत बनाउने गरी लाग्न श्रेष्ठले काँग्रेसका कार्यकर्तालाई आग्रह गरे । पार्टीको निर्वाचनमा समुहको लडाई भए पनि आम निर्वाचनमा भने काँग्रेस एकजुट हुनुपर्ने काँग्रेस नेता श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वबाट नै गुटगतको राजनीति अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा स्याङ्जा क्षेत्र नम्वर २ का सभापति दिलिपप्रताप खाँण, क्षेत्र नम्वर २ को प्रदेश (ख) का सभापति तथा प्रदेश सांसद महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मीले काँग्रेसलाई विकाससँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

The post मुलुकलाई अस्थिरताबाट बचाउन काँग्रेस-एमालेको सरकार : काँग्रेस नेता श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103328/