श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावको मतगणना चल्दै

श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता लिनुभएको छ । १० लाख मतगणना हुँदा दिसानायकेले ५३ प्रतिशत मत पाउनुभएको रोयटर्सले जनाएको छ । यस्तै श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमदासाले २२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । एक करोड ७० लाख मतदाता रहेकोमा हिजो सम्पन्न चुनावमा झन्डै ७५ प्रतिशत मत खसेको श्रीलङ्काको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतीय चुनावमा ३८ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा भने चार उम्मेदवार वर्तमान राष्ट्रपति र...

Source : https://ujyaaloonline.com/story/106887/2024/9/22/counting-votes-presidential-election-sri-lanka