समाचार च्यानल अल जजिराको वेस्ट ब्यांकमा रहेको कार्यालयमा इजरायली सेनाको छापा

इजरायली सेनाले वेस्ट ब्यांकमा रहेको कतारको समाचार च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । वेस्ट ब्यांक प्यालेस्टाइनको क्षेत्र भए पनि इजरायलले कब्जा गरेको छ । अल जजिराको कार्यालयमा आज बिहान अत्याधुनिक हतियारसहितका सेना पुगेर ४५ दिनका लागि कार्यालय बन्द गर्न आदेश दिएका छन् । बिहान सेनाहरु कार्यालयमा पुग्दा अलजजिराको प्रत्यक्ष प्रसारण चलिरहेको थियो । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट ब्यांक ब्यूरो प्रमुख वलीद अल–ओमरीलाई कार्यालय बन्द गर्ने आदेश दिएका थिए । उनीहरुको आदेश पनि प्रत्यक्ष प्रसारण भएको छ । ब्यूरो प्रम...

Source : https://ujyaaloonline.com/story/106897/2024/9/22/israeli-forces-raid-aljazeera-offices-in-west-bank