अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट गरेको छ । बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट बरामद गरेको प्लास्टिकका माला नष्ट गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।