तेजरत्न आँखा अस्पताललाई ५० लाख सहयोग

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सदरमुकाम खाँदबारीका एक समाजसेवी परिवारले तेजरत्न आँखा उपचार केन्द्रलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।

दिवंगत भएका बाबुआमाको नाममा खाँदबारीका सोहनकुमार श्रेष्ठका ५ दाजुभाईले आइतबार एक कार्यक्रमबीच आँखा उपचार केन्द्रलाई ५० रुपैयाँको लाखको चेक हस्तान्तरण गर्नु भएको हो । दाताहरूले यो रकम गरिव, असहाय, दलित र विपन्न बर्गको उपचारमा खर्च गर्ने गरी सहयोग गरेका हुन् ।

नेपाल नेत्र ज्याति संघका अध्यक्ष अनन्तकुमार गौलीले दानाबाट प्राप्त रकमबाट आएको व्याजले उपचार गर्न नसक्ने आँखा रोगीको उपचार गर्ने बताए । नेपाल नेत्र ज्याति संघका अध्यक्ष गौलीका अनुसार सोही अवसरमा तेजरत्न आँखा तथा कान उपचार केन्द्रले दातालाई सम्मान समेत गरेको छ । यो सहयोगले कमजोर आर्थिक भएका विपन्न नागरिकले निशुल्क सेवा पाउने उपेक्षा गरिएको छ ।

खाँदबारीमा रहेको तेजरत्न आँखा उपचार केन्द्रमा संखुवासभाका छिमेकी जिल्ला भोजपुरका सहित वार्षिक करिब ४ हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । ४ सय बढीको वार्षिक रुपमा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गर्ने गरिएको छ । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माणका लागि करिव ६ रोपनी बढी जग्गा निःशुल्क दान गरेका थिए ।

The post तेजरत्न आँखा अस्पताललाई ५० लाख सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101135/