महानिर्देशक अधिकारीको बर्खास्तीको माग

पोखरा । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा आइतबार विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान नेपालको आह्वानमा पोखराको सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टासम्म धर्ना दिनुका साथै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

धर्नाका सहभागीहरुले महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको र पोखरा विमानस्थल संचालनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा उनै अधिकारी मुख्य दोषी रहेको ठहर गर्दै बर्खास्तीको माग गरेका थिए ।

राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय अध्यक्ष विनय यादवले आफूहरुले यस’bout विगतमा पनि विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारको ध्यानाकर्षण गराएको जनाए । उनले महानिर्देशक अधिकारी विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै उनको बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको डेढ वर्षसम्म बितिसक्दा समेत आन्तरिक उडानमै सीमित छ । केही अन्तर्राष्ट्रिय उडानमात्र चार्टर हुन सकेका थिए । आम्दानी हुन नसक्दा दिनानुदिन यो विमानस्थल आर्थिक भारमा पर्दै गएको छ ।

The post महानिर्देशक अधिकारीको बर्खास्तीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101137/