नेपाली सेनामा ३१९ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ जागिरका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनामा रिक्त रहेका ३१९ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि जागिर खुलेको सेनाले जारी गरेको सूचनामा छ ।

यो जागिरमा आवेदन दिन जेठ १२ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/04/nepali-sena-15.html