सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् ।

आइतबार साँझ पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा रहेको उनले बताएका छन् ।

आइतबार नै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनी पक्राउ परेपछि रास्वपाले उपत्यकाका कार्यकर्तालाई पार्टी कार्यालयमा आउन आग्रह गरेको थियो ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।

Source : https://newsofnepal.com/2024/09/22/669376/