सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता

काठमाडौं– मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । उक्त आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ ।

मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको जनाएका हुन् ।

बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागि हुन रास्वपाले पार्टीका शुभेच्छुक एवं समस्त आम नागरिकहरूमा आग्रह समेत गरेको छ ।

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।

Source : https://onlinetvnepal.com/2024/11/186412/