उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ । उपचुनाव हुने जिल्लामा रिक्त नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको चुनावका लागि सम्बन्धित पालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी दिनुभयो । त्यसैगरी वडाध्यक्षको मात्र चुनावका लागि सम्बन्धित वडाको केन्द्र रहेको ठाउँमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । 

Source : https://ujyaaloonline.com/story/107890/2024/10/18/office-of-election-officer-fixed-for-by-elections