कोशीमा कांग्रेसका भूपेन्द्रलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भूपेन्द्रलाई जिम्मा दिएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री रहेका राईलाई बिहीबार (आज) स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । मुख्यमन्त्री कार्कीले भने,‘अब सरकारले पूर्णता पायो ।’

गत असार तेस्रो साता कांग्रेस र नेकपा (एमाले)को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डा. कोइराला समूहले दाबी गर्दै आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन तयार भएपछि शेखर समूहले असन्तुष्ट हुँदै नाम पठाएको थिएन ।

पछिल्लोपटक कोशीमा गत भदौ २८ गते मन्त्रिपरिषद् विस्तार भएको थियो । डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि मुख्यमन्त्री कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मेवारी दिइएको हो ।

The post कोशीमा कांग्रेसका भूपेन्द्रलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102707/