क्यानडाले अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने

क्यानडाले देशमा काम गरिरहेका अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देशमा अस्थायी विदेशी कामदारको सङ्ख्या कम गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ट्रुडोले सरकारले कम्पनीहरूका लागि कडा नियम ल्याउन लागेको र उनीहरूले किन क्यानडाका कामदारलाई पहिलो प्राथमिकतामा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्ने बताउनुभएको छ । खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाको सम्बन्धमा तनावको स्थिति बनेको छ । गएको वर्ष क्यानडाका प्र...

Source : https://ujyaaloonline.com/story/108133/2024/10/24/canada-to-reduce-temporary-foreign-workee-number