क्लासिक ईन्डष्ट्रिज लुम्बिनीका विक्रेता माझ २ सयलाई रोजगारी भारत र चीनमा समेत विक्री

बुटवल ।
बाराको सिमरामा ३४ वर्ष अघि देखि संचालनमा रहेको क्लासिक ईन्डष्ट्रीजले आफना बिक्रेताहरुसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउने र कम्पनीको उत्पादनलाई उपभोक्ता सम्म सहज पुराउने लक्ष्य सहित शुक्रवार भैरहवामा साविक लुम्बिनी अंचलका विक्रेताहरुसंग डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

डिलर मिट कार्यक्रमले विक्रेतामा नयांजोस जागर ल्याउनुका साथै उनीहरुमा उत्साह थपिने विश्वास कम्पनीका प्रमुख कार्यकारी अधिकृत कैलास घिमिरेले बताउनुभयो । कम्पनीले बेड रुमका लागि विभिन्न २० प्रकार भन्दा बढीका म्यारिटेस सामान विभिन्न मुल्यमा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै फाइवरका शिरकहरु विभिन्न साईजका पनि कम्पनीले उत्पादन गदै आएको सिओ घिमिरेले बताउनुभयो । देशभरी १ हजार १ सय बिक्रेता मार्फत कम्पनीका उत्पादन विक्री गदै आएको क्लासिक ईन्डष्ट्रीजले आफना उत्पादन भारत र चिनमा समेत विक्री गदै आएको र अन्य मुलुकमा पनि निर्यातका लागि पहल भैरहेको सिओ घिमिरेले बताउनुभयो । शुक्रवारको डिलरमिटमा यस क्षेत्रका १ सय १० जना विक्रेताहरुको सहभागिता रहेको थियो ।

कम्पनीले उत्पादन गरेका म्यारिटेसहरुमा न्यूनतम ५ हजार देखि डेढलाख सम्म मुल्यका रहेका छन । त्यस्तै फाइवर शिरकहरुमा १ हजार ५ सय देखि १८ हजार ५ सय मुल्य बरावरको रहेको बताईएको छ । काठमाडौंकाे गैरीधारामा उद्योगको स्वरुम र बासवारीमा कर्पोरेट कार्यालय रहेको उद्योगले २ सय बढीलाई रोजगारी दिएको छ ।

रोजगारीमा रहेकाहरुमा ८० प्रतिशत बढी महिलाहरु रहेको पनि सिओ घिमिरेले बताउनुभयो । भैरहवामा आयोजना गरिएको डिलर मिट कार्यक्रमको स्थानिय व्यवस्थापनमा नेपाल ट्रेड लिङ प्रालीले गरेको हो ।

Source : https://newsofnepal.com/2024/10/25/675266/