जनमत पार्टी आन्दोलनको तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले देशभरि आन्दोलन गर्ने घोषणा गरेकै दिन जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।

जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले नेता, कार्यकर्ताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको पार्टी प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् । रास्वपाका अध्यक्ष रवि लामिछाने पक्राउ पक्राउको जनमतका अध्यक्ष डा.सीके राउतले आलोचना गरेका छन् । ‘देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ’ उनले भने, ‘देशको विषम राजनीतिक प्रस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको छ ।’ पार्टीले आन्दोलनका लागि तयार रहन नेता, कार्यकर्ताहरुलाई दिएको निर्देशनको सम्बन्ध रवि लामिछानेको मुद्दासित कुनै तारतम्य नरहेको प्रवक्ता यादवले प्रष्ट्याए ।

The post जनमत पार्टी आन्दोलनको तयारीमा appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/21/100059/