डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : प्राधिकरणले फेरि उद्योगको बिजुली काट्यो

काठमाण्डौ – डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काटेको छ । प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना निकालेको थियो । महसुल तिर्न दिएको समय हिजो सकिएसँगै प्राधिकरणले गएराति उद्योगको बिजुली काटेको हो । किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको छ । डेडिकेटेड ...

Source : https://ujyaaloonline.com/story/108144/2024/10/25/authority-again-cut-the-power-to-the-industry-