देशैभरका बालबालिकालाई आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि आज र भोलि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो अभियान राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै सुरु गरिएको हो।

साथै, १५ महिनासम्म दिनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए नजिकैको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर लगाउन पनि आग्रह गरेको छ। थप जानकारीका लागि स्थानीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सुझाव दिएको छ।

The post देशैभरका बालबालिकालाई आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493243/