प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन बोलाउन माग गरेको हो ।

रास्वपाले सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुद्दामा घोषित प्रतिबद्धता पूरा गर्न सरकारले प्रारम्भिक संकेतसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

Source : https://newsofnepal.com/2024/10/16/673673/