फिल्म रिलिज भएको १५ दिनपछि सार्वजनिक भयो ‘छक्कापञ्जा ५’ को रोमान्टिक गीत

काठमाडौं– हलमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ५’ को रोमान्टिक गीत युट्युबमा रिलिज भएको छ । रोमान्टिक गीत ‘यो माया बनाउने को हो’ फिल्म रिलिज भएको १५ दिनपछि सार्वजनिक गरिएको हो ।

भिडिओमा फिल्मका शीर्ष कलाकार दीपकराज गिरी र वर्षा शिवाकोटी फिचर्ड छन्। उनीहरूबीचको प्रेमभाव गीतमा प्रस्तुत गरिएको छ।

गीतमा गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । डा. कृष्णहरि बरालले लेखेको गीतलाई शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

दसैंको मौका पारेर असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्मले दुई सातामा १७ करोडमाथिको ग्रस कलेक्सन गरेको छ। दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपक, वर्षासँगै केदार घिमिरे शीर्ष भूमिकामा छन्।

Source : https://onlinetvnepal.com/2024/10/185275/