भारतमा चक्रवाती आँधी 'दाना' ओडीशाको तटीय क्षेत्रमा बज्रिन थाल्यो

काठमाण्डौ – भारतमा चक्रवाती आँधी 'दाना' ओडीशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ । ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी पनि आउन सक्ने भारतीय मौसम विभाग आईएमडीले चेतावनी दिएको छ । ओडिशाको झन्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ । आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी 'दाना' पछिल्लो ६ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिममा सरेको र त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बीचमा पुगेको छ । यस अवधिमा हाव...

Source : https://ujyaaloonline.com/story/108155/2024/10/25/cyclonic-storm-dana-has-hit-coastal-region-odisha-