मनाङमा स्वीस नागरिकको मृत्यु, उद्धारमा कठिनाई

लमजुङ । हिमाली जिल्ला मनाङमा ६३ वर्षीय एक विदेशी पर्यटकको मृत्यु भएको छ । मनाङको याकखर्क लेकमा मृत्यु भएका उनी स्विजरल्यान्डका नागरिक भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । शनिबार विहान मृत्यु भएका उनको शवलाई आइतबार चारबजेसम्म पनि उद्धारमा हेली मर्मतमा रहेको हुँदा समस्या भएका कारण नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

मृतक ६३ वर्षीय मार्कुस सेसलरको स्विजरल्यान्डका नागरिक भएको र उनको राहदानी नं. एस ०८८५१८७ भएका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ खाना खाएर राति सकुशल सुतेका थिए । तर उनी शनिबार बिहान अबेरसम्म पनि नउठेपछि उठाउन खोज्दा मृत स्थितिमा फेला परेको खबर आएको हो ।

मनाङको ङिस्याङ गाउँपालिका– ३ को याकखर्कमा टेन्टमा बसिरहेका बेलामा हृदय घात भएको वा लेक लागेर भन्ने पोष्टमार्टमा खुल्ने जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले बताए । उनका अनुसार उनको टोली सोही गाउँपालिकाको चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका थिए ।

उनले भने, ‘त्यो क्षेत्रमा सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत सो खबर प्राप्त भएको हो । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकोप्टर मगाएर काठमाडौं पठाउने तयारी भइरहेको छ । तर हेलिकप्टर मर्मतमा भएको भन्ने खबर आएकोले आज पनि उद्दार हुन नसक्ने जस्तो स्थिति छ जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख केसीले उल्लेख गरे ।

उनका अनुसार ती मृतक व्यक्ति सो समूहमा आफ्नो देशको एक्लो नागरिक भएको ११ जना विदेशी नागरिकमध्ये सात जना जर्मनीका, २ जना अस्टे«लिया र एक जना इटालीका रहेकोले मृतकलाई कुर्ने काम प्रहरीले गरिरहेको छ । पर्यटकहरू आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यस’boutमा मनाङका प्रमु्ख जिल्ला अधिकारी मातृका आचार्यसँग सम्पर्क गर्दा उनीहरूले बीमा मार्फत बुक गरेको एभरेष्टको हेलिकप्टर हो भन्ने बुझिएको बताए । उनका अनुसार त्यो मर्मत भएको जानकारी आएकोले मर्मत पछि मात्र आउने होला मृतकको शव काठमाडौं पठाउन प्राविधिक समस्या परेको छ । उनले भने, ‘घट्नास्थल बरिब चार हजार मिटरको उचाईमा छ, मनाङको सदरमुकाम चामेबाट खाङ्सारसम्म गाडीमा र त्यसपछि पैदलक ३– ४ दिन लाग्ने दुरीमा छ ।’

यतातिर ल्याएर डेथबढी जहापायो त्यही राख्न सक्ने पनि र मानिसले दिने अवस्था पनि भएन त्यसैले प्रहरीले त्यही पहरा दिइरहेको छ प्रजिअ आचार्यले जानकारी दिए । उनले भने, ‘टेण्टमा उनी एक्लै सुतेका रहेछन् प्रहरीले घट्नास्थलको निरीक्षण गर्दा कर्तव्य भएको जस्तो नदेखेको बताएको छ ।’ अर्को हेली मगान सकिन्थो तर पेमेन्टको समस्या हुने देखियो बीमाले अन्यको खर्च बेहोर गर्न झञ्जट मान्छ रे ! उनले भने ।

मृतकका टोलीमा भएका सबै गन्तव्य थोराङ पासतर्फ लागेका छन् । त्यहाँ प्रहरीले शव कुर्ने काम गरेको प्रजिअ आचार्यको भनाइ छ । उनले भने याकखर्कबाट थोराङ पास पुग्न तीन दिनदेखि पाँच दिन लाग्छ । त्यो पर्यटकले बुक गरेको टुर प्याकेजमा निर्भर गर्छ उनले भने । थोराङ पास हुँदै पर्यटकहरू मुस्ताङतर्फ लाग्छन् र पोखरा हुँदै फर्कन्छन् प्रजिअ आचार्यले जानकारी दिए ।

The post मनाङमा स्वीस नागरिकको मृत्यु, उद्धारमा कठिनाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102493/