महिला टी–२० विश्वकपले नयाँ विजेता पाउँदै, उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् । नवौं संस्करणको फाइनल खेल दुबईमा राति पौने ८ बजे शुरू हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियालाई र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो । आज महिला टी–२० विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । दक्षिण अफ्रिका र न्युजिल्यान्डले अहिलेसम्म उपाधि जितेका छैनन् । दक्षिण अफ्रिका गएको वर्षको विश्वकपमा उपविजेता बनेको थियो । यस्तै न्युजिल्यान्ड सन् २००९ र २०१० मा उपविजेता बनेको थियो । महिल...

Source : https://ujyaaloonline.com/story/107965/2024/10/20/women-t20-world-cup-getting-new-winner