मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड रुपैयाँभन्दा धेरैको बिक्री

म्याग्दी – मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्दा यस वर्ष झन्डै ९३ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात भएको छ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुल...

Source : https://ujyaaloonline.com/story/108116/2024/10/24/seven-and-a-half-thousand-metric-tons-of-apple-