राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा रमेशचन्द्रलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिनुभयो ।

The post राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/24/100231/