लोसपाका केन्द्रीय उपाध्यक्ष चौधरी राजेन्द्र महतोको पार्टीमा प्रवेश

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रकान्त चौधरीसहित विभिन्न पार्टीका नेता राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद समेत रहेका चौधरीले बिहीबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा गरेको जनाएका छन् ।

उक्त पार्टी परित्याग गरे लगत्तै बिहीबार नै उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । बिहीबार नै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता एवं ललितपुरबाट निर्वाचित संविधान सदस्य योगेन्द्र घिसिङ, सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष दलबहादुर तामाङ र केन्द्रिय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

यस्तै जनजाती कल्याण आश्रम नेपालका केन्द्रिय महासचिव प्रेमप्रसाद राई लगायतका नेतासहित सयौंको संख्यामा विभिन्न पार्टीका अगुवा कार्यकर्ता राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेको अध्यक्ष राजेन्द्र महतोले एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

The post लोसपाका केन्द्रीय उपाध्यक्ष चौधरी राजेन्द्र महतोको पार्टीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102713/