वैदेशिक रोजगारीमा जाने घटे

काठमाण्डौ – अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिनेको सङ्ख्या एक लाख ६२ हजार तीन सय ९४ रहेको छ । यसमा नयाँ कामको खोजीमा म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको सङ्ख्या ८७ हजार सात सय ६३ जना रहेको छ । गएको आर्थिक वर्षको साउनदेखि असोजसम्ममा दुई लाख दुई हजार एक सय ४८ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । यसैगरी चालू आर्थिक वर्षको तीन...

Source : https://ujyaaloonline.com/story/107888/2024/10/18/going-to-foreign-employment-decreased