शेयर बजार सामान्य बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै – हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ६६...

Source : https://ujyaaloonline.com/story/107875/2024/10/17/share-market-raised-by-just-two-points