सोमपाल बने ‘प्लेयर अफ द सिरिज’ 

काठमाडौं ।

सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन्। ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए। सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिँदै नेपालको जितको आधार तयार गरेका थिए। त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए।

तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन्। तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको छ। 

Source : https://newsofnepal.com/2024/10/21/674462/