साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हरायो

काठमाण्डौ – साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको हो । भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान एक गोल गरे । श्रीलङ्ककाकी थुशानी मधुशीखाले एक गोल फर्काइन् । आजको जीतसँगै चार अङ्कका साथ भुटान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलङ्का तीन अङ्कसहित दोश्रो स्थानमा छ । आजै आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुर...

Source : https://ujyaaloonline.com/story/108027/2024/10/21/bhutan-defeated-sri-lanka-saff-women