स्याङ्जामा विष्फोटः १ जना घाइते

स्याङ्जा । घरमा राखिएका भाडाँवर्तन सार्नेक्रममा विष्फोट हुदा स्याङ्जाको चापाकोटमा एकजना घाइते भएका छन् । विष्फोटबाट चापाकोट नगरपालिका ४ स्थित पुरीगाउँका ४५ बर्षिय गोविन्द पुरी घाइते भएका छन् । घाइते पुरी नेपाली सेनाबाट दुईबर्ष अगाडी अवसकास भएका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी पौडेलका अनुसार घरको माथील्लो तलाबाट तामा लगायतका भाडाँहरु दोस्रो तलामा सार्नेक्रममा विष्फोट भएको भन्ने जानकारी प्राप्त भएको बताए ।

घाईते पुरीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । उनको विष्फोटबाट दायाँ आँखा भन्दा मुनी, बाँया खुट्टा र नाइटो भन्दा तल चोट लागेको प्रहरीले जनाएको छ । पुरीको अवस्था भने सामान्य रहेको बताइएको छ ।

के बस्तु विष्फोट भयो भन्ने पुष्टि अहिले नै नभएकाले आइतवार मात्रै जिल्लाबाट थप अनुसन्धान टोली पुगेर छानविन गरेपछि मात्रै सार्वजनिक गरिने डिएसपी पौडेलले बताए । सकेट बम हुन सक्छ भन्ने अनुमान गरिएपनि अनुसन्धान नगरी सार्वजनिक गर्न नमिल्ने उनले बताए । अहिले प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएर राखेको छ । अरु विष्फोटक पदार्थ हुन सक्ने आशंकाले थप क्षती नहोस भनेर प्रहरीले उक्त घरलाई रेड गरेर राखेको छ ।

घाइते भएका पुरी सुनवलमा बस्दै आएको र दशैंमा टिका लगाउन घरमा आएका थिए । उक्त घरमा पुरीका बुवाआमा मात्रै बस्दै आएको स्थानीय पत्रकार गोपीकृष्ण रेग्मीले जानकारी दिए ।

The post स्याङ्जामा विष्फोटः १ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102420/