स्वरेज र अल्बाको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ ।

इन्टर मियामीले एमएलएस कप अन्तर्गत प्लेअफको पहिलो खेल जितेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एटलान्टा युनाइटेडलाई पराजित गरेको छ ।

इन्टर मियामीले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेज र जोर्डी अल्बाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोबझानिडजेले एक गोल गरेका थिए ।

बेस्ट अफ थ्रीमा हुने प्ले अफको दोस्रो खेल नोभेम्बर ३ मा र तेस्रो खेल नोभेम्बर १० मा हुने छ ।
 

Source : https://newsofnepal.com/2024/10/26/675305/