हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ– बालेन

काठमाडौंं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत उनले यस्तो अभिव्यक्ति जनाएका हुन् ।

नेपालको संविधान २०७२ मा नेपाल धर्म निरपेक्ष राष्ट्र रहेको उल्लेख गरिएको छ । यसको विरोध गर्दै कतिपयले नेपाललाई पुन हिन्दु राष्ट्र हुनुपर्ने टिप्पणी गर्दै आएका छन्
। पछिल्लो समय दसैँको विजय दशमीका दिनमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाएका सन्दर्भलाई लिएर केही दक्षिणपन्थी नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्रको प्रसङ्ग उठाइरहेका छन्‌ । यसै क्रममा बालेनले कवितामार्फत हिन्दु राष्ट्रको औचित्यबारे लेखेका हुन् ।

यस्तो छ बालेनले लेखेको कविता
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

Source : https://onlinetvnepal.com/2024/10/184834/