‘८८ अर्ब फिर्ता गर’ भन्दै रास्वपाका कार्यकर्ताको प्रदर्शन (लाइभ भिडियोसहित)

काठमाडौं– जिल्ला अदालत कास्कीले रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न थप ७ दिन म्याद थप गरेपछि रास्वपाका नेता तथा कार्यकर्ता पोखराबाट काठमाडौं ‘सिफ्ट’ भएका छन्।

शुक्रबार उनीहरू माइतीघर मण्डलामा प्लेकार्डसहित भेला भएर रवि लामिछाने पक्राउको विरोध गरिरहेका छन् । उनीहरुले सभापति पक्राउको विरोधका साथै सरकारविरुद्ध समेत प्रदर्शन गरिरहेका छन् ।

लामिछाने पक्राउलाई उनीहरूले ‘दुई तिहाइको दम्भ’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर’, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन१’ जस्ता प्लेकार्ड बोकेका प्रदर्शनकारीले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका छन्।