अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भारतको पश्चिम बङ्गालको कोलकाताका ३५ वर्षीय प्रशन्जित बेरा र पश्चिम बङ्गालको मेदनापुरका ३० वर्षीय आनन्द साहु रहेका छन् । उनीहरू काठमाण्डौ महानगरपालिका–२५ बाङ्गेमुढामा बस्दै आएका प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकाको न्युरोडलगायत विभिन्न ठाउँमा अवैधरूपमा भन्सार छली गरिएका बिलबिजकविनाका सुन बिक्री/वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्...

Source : https://ujyaaloonline.com/story/108164/2024/10/25/indian-arrested-for-illegal-gold-trading