करेन्ट लागेर २४ वर्षीया सहनीको मृत्यु

माधवनारायण नगरपालिका–९ बस्ने २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

गढिमाई नगरपालिका–७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा जडान गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गरूडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

The post करेन्ट लागेर २४ वर्षीया सहनीको मृत्यु appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/21/100091/