चक्रवात आँधी 'दाना' जमिनमा बज्रिएपछि भारतको ओडिशा र पश्चिम बङ्गालमा ठूलो वर्षा

तीव्र चक्रवाती आँधी 'दाना' जमिनमा बज्रिएपछि पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा ठूलो वर्षा भएको छ । ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बीचमा बज्रिएको आँधीले ठूलो वर्षा भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । झन्डै एक सयदेखि एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको चक्रवातले ओडिशा र पश्चिम बङ्गालका धेरै क्षेत्रमा रुखहरू ढलाउनुका साथै बिजुलीका तारमा क्षति पुर्‍याएको छ । चक्रवातले केही अत्यावश्यक सेवाहरूमा बाधा पु...

Source : https://ujyaaloonline.com/story/108169/2024/10/25/cyclonic-dana-heavy-rains-in-odisha-west-bengal