जलन पीडितको नि:शुल्क उपचार गर्ने तयारी अन्तिम चरणमा

काठमाण्डौ – सरकारले जलन पीडितको निःशुल्क उपचार प्रयास शुरु गरेको छ । गएको शुक्रवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई स्वीकार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलले प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताउनुभयो । जलन पीडितहरूको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान चाँडै सार्वजनिक हुने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्...

Source : https://ujyaaloonline.com/story/107995/2024/10/20/preparationsfree-treatment-burnvictims-final-stage