पोखरामा सहकारी पीडितहरूको प्रदर्शन, कांग्रेस र एमालेको अप्रत्यक्ष समर्थन

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले बचत फिर्ताको माग गर्दै बिहीबार मुस्ताङचोकमा प्रदर्शन गरेका छन्। बिहान ११ बजेदेखि सुरू भएको यस प्रदर्शनमा सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा र कास्की सहकारी बचत पीडित संघको नेतृत्वमा आन्दोलन चलिरहेको छ। यस आन्दोलनलाई कास्कीका राजनीतिक दलहरूको समर्थन प्राप्त भएको छ। जसमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितहरूको पक्षमा अघोषित ऐक्यवद्धता जनाएका छन्। दुवै पार्टीले आफ्ना कार्यकर्ताहरूलाई झण्डा नबोकी आन्दोलनमा सहभागी हुन सर्कुलर जारी गरेका थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सहकारी पीडितलाई भड्काउने प्रयास गरेको आरोपमा संघले आपत्ति जनाएको छ। संघले रास्वपाका कार्यकर्ताहरूले पीडितहरूलाई धम्क्याउने र पिट्ने प्रयास गरेको भन्दै आन्दोलनलाई रोक्न माग गरेको छ। आन्दोलनमा सहभागी संख्या घट्दै गएपछि, रास्वपाका नेताहरूले स्थानीय घरघर पुगेर समर्थन जुटाउन खोजेको र केवल देशभरिबाट आएका कार्यकर्ताहरूले मात्र आन्दोलनलाई साथ दिइरहेको संघको भनाइ छ।

The post पोखरामा सहकारी पीडितहरूको प्रदर्शन, कांग्रेस र एमालेको अप्रत्यक्ष समर्थन appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493812/