प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपाका ६ नेता सहभागी

काठमाडौं– यतिबेला बानेश्वरमा विपक्षी दलको बैठक भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा उक्त बैठक बसेको हो ।

बैठकमा रास्वपाका मात्र ६ नेता सहभागी भएका छन् । बैठकमा रास्वपा सभापति रवि लामिछानेसहित ६ नेताहरु सहभागी छन् । बैठकमा रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी भएका हुन् ।

बैठकमा माओवादीबाट प्रचण्डसँगै शक्ति बस्नेत सहभागी छने । यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, आजपाबाट अध्यक्ष प्रभु साह सहभागी छन् । सत्ता पक्षमै रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि विपक्षी बैठकमा सहभागी छन् । उक्त बैठकमा समसामयिक राजनीतिक विषयवस्तुको विषयमा छलफल भइरहेको छ ।प्र

धानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेको छ। बैठकमा उक्त विषयलाई केन्द्रमा राखिएको बुझिएको छ । साथै बैठकमा प्रधानमन्त्री ओली सरकारको ९० दिनको समीक्षासमेत गरिने बताइएको छ।

 

 

Source : https://onlinetvnepal.com/2024/10/184883/