बाढीले क्षति पुर्‍याएकाे खिम्ती–लामोसाँघु प्रसारण लाइन 'ईआरएस' टावर प्रयोग गरी सञ्चालनमा

काठमाण्डाै – एक महिनाअघिको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसो प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर...

Source : https://ujyaaloonline.com/story/108168/2024/10/25/khimti-lamosanghu-transmission-line-in-operation