मनकामना दर्शनका लागि जाँदै गरेका भक्तालु चढेको भ्यान दुर्घटना

काठमाडौं– धादिङको थाक्रे गाउँपालिका–६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185252/