मनकामनातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा ११ जना घाइते

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँबाट गोरखाको मनकामना जाँदै गरेको एउटा माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। बागमती प्रदेशको ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। सवार माइक्रोबसमा यात्रुहरू पारिवारिक भ्रमणमा निस्किएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेको उपचार महादेवबेँसी अस्पतालमा भइरहेको छ र उनीहरू एउटै परिवारका सदस्य भएको बताइएको छ। दुर्घटनाको कारण र यात्रुहरूको ठेगाना भने अझै पत्ता लागेको छैन।

The post मनकामनातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा ११ जना घाइते appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493890/